Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

खेर गएको खेले पालुङ्गे सागबाट मनग्य आम्दानी

  •   २ वर्ष अघि | ६ फाल्गुन २०८०, आइतवार

फागुन ६, नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्को कावासोती नगरपालिका७ का किसान लक्ष्मी महतोका दम्पती नै खोले पालुङ्गे भनेर चिनिने सागखेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन । महतो दम्पतीले विगत दुई वर्षदेखि व्यावसायिकरूपमा पालुङ्गे सागखेती गर्दै आएका छन  भने उनिहरुले वार्षिक रु तीन लाख भन्दा बढी आम्दानी गर्ने गरेको बताएका छन ।

किसान लक्ष्मीका अनुसार मङ्सिरदेखि चैतसम्म सात कट्ठा क्षेत्रफलमा लगाइएको पालुङ्गे सागले राम्रो आम्दानी दिने गरेको छ । उनले  केही वर्षअघिसम्म चैतेधान लगाउने गरेको जमिनमा पालुङ्गे साग लगाउन थालेकी हुन । उनका अनुसार चैतेधानभन्दा यो साग लगाएपछि फाइदा भएको र यसमा सामान्य जैविक मल प्रयोग गर्दा हुने अरू केही गर्नु नपर्ने हुनाले चैतेधानभन्दा सागखेतीले जीविकोपार्जनमा राहत पुर्याएको हो ।

सागको यामअनुसार साग बिक्री गरेर महतो दम्पतीले तीन महिनामा नै रु तीन लाखसम्म आम्दानी गर्न सफल भएका छन । लक्ष्मीका अनुसार माघमा मात्र पहिलो लट काटिएको सागबाट रु ८० हजारभन्दा धेरै आम्दानी गरिसकेका छन । पालुङ्गे साग मङ्सिरमा लगाउँदा चैतसम्म उत्पादन हुने गर्दछ । उनले खोलामा खेर गइरहेको पालुङ्गे सागलाई पहिलोपटक दुई वर्षअघि बिक्रीका लागि बजार लगेकी थिइन । बजार पुर्याउँदा अधिकांशले यो साग मन पराएको महतो बताउँछिन । बजार लैजाँदा ग्राहकाले मन पराएपछि यसैलाई व्यावसायिक खेती गरेको उनले जानकारी दिइन् ।

  • न्युज बहार संवाददाता

थप