Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बजारमा आउन थाल्यो हरियो भटमास, कति छ मुल्य?

  •   १ वर्ष अघि | १४ बैशाख २०८२, आइतवार

वैशाख १४, काठमाडौँ । अहिले काठमाडौँको तराकारी बजारमा हरियो भटमास आउन थालेको छ।

हरियो भटमास आउन थालेको तीन/चार दिन जति भएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले देखाएको छ। भटमासको सिजन नभएकोले अहिले महँगोमा बिक्री भइरहहेको समितिले जनाएको छ। 

अहिले हरियो भटमास प्रतिकिलो थोक मूल्य दुई सय रूपैयाँसम्म बिक्री भइरहेको छ।

समितीका अनुसार अहिले भटमास दक्षिणकाली नगरपालिकाको चाल्नाखेल भन्ने ठाउँबाट आइरहेको छ। भटमासको मुख्य सिजन जेठ लागेपछि सुरू हुनेछ भने सिजन सुरू भएसँगै मूल्य पनि क्रमश घट्दै जानेछ। 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भटमास प्रतिकिलो थोक मूल्य एक सय ८० देखि दुई सय रूपैयाँमा बिक्री भइरहेको छ।

  • न्युज बहार संवाददाता

थप