बैशाख ८, काठमाडौँ
। नेपाललाई रासयनिक मल र गहुँ उपलब्ध गराउन मित्रराष्ट्र रुस सकारात्मक देखिएको छ
।
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना अहिले रुसको औपचारिक भ्रमणमा रहेका छन। सोही भ्रमणमा उनले रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्को सँग भेट गरेका हुन उक्त भेटका समयमा रुसका उपप्रधानमन्त्री दिमित्री चेर्निसेन्कोले नेपाललाई रासायनिक मल र गहुँ उपलब्ध गराउन तयार रहेको जानकारी दिएका हुन् ।
नेपाल सरकारले चाहेको अवस्थामा जिटुजीमार्फत मल र गहुँ उपलब्ध गराउन तयार रहेको रुसी उपप्रधानमन्त्री चेर्निसेन्कोले बताएका हुन् ।
- न्युज बहार संवाददाता