Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

किसानलाई भुक्तानी दिन नसक्ने अवस्थामा डेरीहरु, सञ्चालनमै समस्या आउन थालेको किसानको गुनासो

  •   ३ वर्ष अघि | ९ फाल्गुन २०८०, बुधबार

फागुन ९, काठमाडौँ । स्वदेशमा उत्पादन भएको धुलो दूधको माग घटेपछि झापामा  दूध तथा दुग्धजन्य सामग्री उत्पादन एवं बिक्री (डेरी सञ्चालन) गर्दै आएकाहरूले व्यवसाय सञ्चालनमा समस्या भएको गुनासो गरेका पोखेका छन । किसानलाई भुक्तानी दिननसक्ने अवस्थामा आफूहरु पुगेको स्थानीय किसानले उत्पादन गर्दै आएको गाई भैँसीको दूध सङ्कलन गरी बजारीकरण गर्दै आएका साना तथा मझौला डेरी व्यवसायीले दुखेसो  राखेका छन् ।

दमक– १० का गाईपालक किसान नवराज न्यौपानेले केही समय अघिमात्र दूधको मूल्यमा केही वृद्धि हुँदा निकै उत्साहित देखिएका किसान अहिले समयमानै दूधको भुक्तानी पाउन नसक्दा निराश हुनुपरेको बताएका छन ।

अहिले दुग्ध डेरीले दूधका साथै घिउ, दही, पनिर लगायत दुग्धजन्य वस्तु उत्पादन तथा बिक्री गर्दै आएको छ । व्यवसायीहरूका अनुसार नेपाली बजारमा भारतीय उत्पादनले निकै प्रभाव जमाउँदै आइरहेको समयमा दूधको बजारमा पनि समस्या आएको हो । उनीहरूको बुझाइ अनुसार भारतीय उत्पादनको लागत मूल्य कम हुनु र नेपाली उत्पादनको लागत मूल्य बढी भएकाले दूधको बजारमा समस्या भएको हो ।

  • न्युज बहार संवाददाता

थप