माघ ६, झापा । झापाका केही स्थानमा खेतीका केही नवीनतम्
प्रविधि प्रयोगमा ल्याइको छ । त्योप्रविधी हो सुन्य खतजोत प्रविधी । सुन्य
खतजोत प्रविधीबाट मकैखेती हुने भएपछि यहाँका किसान हरु पनि उत्साहित भएका छन् । धान रोपेको
खेतमा खनजोत नै नगरी सोझै मकै बाली लगाउन सकिने भएपछि किसानहरु उत्पासाहित भएका हुन् । झापा
बाह्रदशी गाउँपालिका–६ का किसानका अनुसार मकै
रोप्ने बेलामा उम्रिन्छ जस्तो नलागेको तर अहिले
मकैको बिरुवा उम्रिएको छ । अब
खेती पनि राम्रै हुनेमा किसानहरु आशावादी छन ।
जिल्लाका
तीन स्थानमा ‘कृषकलाई यन्त्र उपकरणको प्रयोग प्रदर्शनी कार्यक्रम’अन्तर्गत शून्य खनजोत
प्रविधिबाट मकैखेती गरिएको छ । कृषि ज्ञान केन्द्रले कृषि अनुसन्धान निर्देशनालय
तरहरा सुनसरीको प्राविधिक सहयोगमा प्रदर्शनीका रूपमा शून्य खनजोत प्रविधिबाट
मकैखेतीको प्रदर्शनी खेती गरेको हो । यो प्रविधिको प्रयोगबाट किसानको उत्पादन लागत
घट्ने तथा नयाँ प्रविधि विस्तार र माटोको गुस्तर सुधार हुने जनाइएको छ । कृषि
ज्ञान केन्द्रका अनुसार धान काटेको खेतमा खनजोत नगरी मेसिनको प्रयोगबाट एकैपटक
मकैको बीउ र मल हालेर मकै रोपिने छ ।
मकैखेतीका लागि खेतबारी खनजोत
गर्न खर्च लाग्न गरेकोमा अब यसरी बिना
खनजोत खेती गर्दा उत्पादनको लागत कम आउने देखीएको छ । यस वर्ष पहिलोपटक
यसरी खेती गरेका किसानले मकै राम्रो उत्पादन भए
अर्को वर्ष पनि यसरी नै खेति गर्ने जनाएका छन ।
- न्युज बहार संवाददाता