Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रासायनिक विषादी छोडी जैविक विषादी तर्फ नयाँ अभ्यास गर्दै किसानहरु

  •   २ वर्ष अघि | ३१ बैशाख २०८१, सोमवार

बैशाख ३१, कैलाली । कैलालीका किसान अहिले आफुले लगाएको कृषी बालीमा जैविक विषादीको प्रयोग गर्न तर्फ सचेत भएका छन । याहाँका कृषी अहिले जैविक विषादीकोप्रयोग बढेको छ । रासायनिक मलको प्रयोगले मानव स्वास्थ्य र वातावरणमा प्रतिकूल प्रभाव पार्ने भएकाले जैविक विषादीको प्रयोग गर्न थालिएको त्याहाँका अधिकांश स्थानियले बताएका छन । रोग कीरा नियन्त्रण गर्न कैलालीका किसानले रासायनिक विषादीको साटो जैविक विषादीको प्रयोग गर्न थालेका हुन् । 

आजभोलि स्वास्थ्य, वातावरण र माटो सुरक्षाका लागि विगतमा तरकारीमा कीरा लागेमा रासायनिक विषादी प्रयोग गर्ने किसान सचेत बन्न थालेका हुन । गोदावरी नगरपालिका–४ बास्कोटाकी दुर्गा मल्ल विगतमा तरकारी तथा अन्नबालीमा रोग कीरा लाग्यो की बजारबाट रासायनिक विषादी ल्याएर प्रयोग गर्ने गर्थिन तर अहिले उनले घरमै जैविक विषादी बनाएर प्रयोग गर्ने गरेको छिन ।

कीरा नियन्त्रणका लागि किसानले जैविक विषादीका साथै मोहनी पासोसमेत थापेर नयाँ अभ्यास गरिरहेका छन् । यसरी बिना रसायन पनि बारीमा लगाएको बाली बचाउन सकिने उनीहरूले बताएका छन। 

  • न्युज बहार संवाददाता

थप