असार ३२, काठमाडौँ । वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि किसान टिमुरखेतीमा आकर्षित भएका छन्।
बाँदर र
बदेलले खेतबारीमा लगाएको मकै, कोदोलगायतका अन्नबाली सखाप पार्न थालेपछि किसानले विकल्पका
रुपमा टिमुरखेती गर्न थालेका हुन्।
टिमुरखेती गर्दा क्षति पनि नपुग्ने र आम्दानी पनि हुने भएपछि यस्तो विकल्पमा आफूहरू लागेको किसानहरुले बताएका छन। अहिले पाल्पा रैनादेवी छहरा गाउँपालिका सबै किसानका बारीभरी टिमुरको रुख देख्न सकिन्छ।
बारी र
बाँझो जमिनमा यहाँका सबैजसो किसानले टिमुर लगाएका छन। वनसँग जोडिएका ठाउँमा अरू
बाली लगाएर जोगाउनै नसकिने स्थिती आएपछी, त्यसको विकल्प टिमुरखेती बनेको हो।
टिमुर
खेतीबाट आम्दानीसमेत राम्रो हुँदै आएको छ।
पहिले मकैखेती गर्दै आएका किसानले अहिले बारीमा टिमुरका बिरुवा लगाएका
छन्। किसानका अनुसार हरेक वर्ष बारीमा मकै लगायो बाँदर र बदेलले खाएर सखाप
पारिदिन्छन्, मेहिनत गरेर लगाएको बाली भित्र्याउने बेलामा आएर वन्यजन्तुले
खाइदिएपछि विकल्पको रुपमा टिमुर लगाका हौँ।
यहाँका सत्यवती, जुठापौवा, बल्डेङ्गगढी, छहरा, रिब्दीकोटको देउराली, पालुङमैनादी, कुसुमखोला, फेकका गाउँमा अन्नबाली
वन्यजन्तुले सखापै बनाउन लागेपछि किसानले वनबालीअन्तर्गत टिमुरको व्यावसायिक खेती
गर्न थालेका हुन्।
- न्युज बहार संवाददाता