Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

गाउँमा कृषिकर्म गरेरै राम्रो आम्दानीमा रमाउँदै

  •   २ वर्ष अघि | २९ साउन २०८१, मङ्लबार

साउन २९, काठमाडौँ । प्युठान जिल्ला प्युठान नगरपालिका८ तल्लो गेजवाङका सन्तोष जिसी पाँच वर्षअघि विदेशबाट स्वदेश फर्किए । आफ्नै देशमा फर्केर उनी कृषि पेशामा लागेका हुन । अहिले उनलाई आफ्नो गाउँ आफ्नै ठाउँ रमाइलो लाग्छ । गाउँमा कृषिकर्म गरेरै उनले अहिले राम्रो आम्दानी समेत गरिराखेका छन्।

जिल्लामा अन्य किसानहरु पनि छन जो कृषिकर्ममा टिक्न सकेका छैनन् तर जिसी भने प्रत्येक वर्ष नाफा वृद्धि गर्दै लैजाने प्रकृयामा लागि परेका छन र यसमै खुसी पनि छन्। उनले विदेशको मासिक एक लाखभन्दा बढी तलब छोडेर स्वदेशमा कृषि पेशा अँगालेका हुन ।  लगनशील भएर काम गरे स्वदेशमै प्रशस्त आम्दानी गर्न सकिने उनी बताउँछन ।

उनले हजुरबुबाले तल्लो गेजवाङ केही जग्गामा तरकारीखेती गरेर उब्जेको देख्दा आफ्नो बारीमा तरकारी फल्छ भन्ने सोचे र सोही अनुसार विदेशबाट फर्केर तरकारीखेती गर्ने योजना बनाएका हुन थिए।

हहिले कृषक जिसीको आठ रोपनी क्षेत्रफल भएको जग्गामा तरकारीखेती गरिरहेका छन । उनले अहिले करिब तीन रोपनीमा पक्की टनेल निर्माण गरी बेमौसमी टमाटरखेती गरिरहेका छन । उनले एक याममा करिब तीन लाख रुपैयाँ बराबर टमाटर बिक्री गरेका छन । उनकी श्रीमती हिमा केसी जिसीले गाउँकै आधारभूत तहको शिक्षण गरी बिहान बेलुका फर्ममा सघाएकी छन् । उनले फर्ममा स्थानीय चार महिलालाई रोजगारी समेत दिएका छन ।

जिसीले पहिलो पटक कृषि फार्ममा ५० हजार रुपैयाँबाट तरकारी खेति सुरु गरेका थिए । त्यसपछी बर्सेनि आम्दानी वृद्धि गर्दै हाल आठ लाखको लगानी गरेका छन । उनका अनुसार तरकारीबाट बर्सेनि उत्पादन र आम्दानी वृद्धि हुँदै गएपछि थप हौसला मिलेको छ ।

  • न्युज बहार संवाददाता

थप