Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुर्याउन कृषि सामग्री वितरण

  •   २ वर्ष अघि | २६ चैत्र २०८०, सोमवार

चैत २६, कैलाली । कैलाली जिल्लाले किसानलाई कृषियन्त्र वितरण गरेको छ । कैलालीको जानकी गाउँपालिका–२ मा मकैखेती गर्ने किसानलाई कृषि ज्ञान केन्द्र कैलालीले वसन्ते तथा हिउँदे मकैखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत कृषियन्त्र वितरण गरेको हो ।  

कृषि ज्ञान केन्द्र कैलालीका बाली विकास अधिकृत रामनारायण चौधरीका अनुसार किसानलाई मकै लगाउने मेसिन, गोड्ने मेसिन, दाना छोडाउने मेसिनलगायत रु आठ लाख बराबरका सामग्री वितरण गरिएको ले जानकारी दिए हो । 

अन्नपूर्ण कृषक समूहले कालिकापुरमा  कृषि ज्ञान केन्द्र कैलालीको अनुदान सहयोगमा २९ हेक्टर जमिनमा मकैखेती गरिएको छ । कृषि ज्ञान केन्द्रले उक्त मकैखेतीमा ५० प्रतिशत अनुदान प्रदान गरेको हो । बाली विकास अधिकृत चौधरीका अनुसार किसानलाई मकैखेती विस्तारसँगै बजारीकरणमा सहयोग पुगोस् भनेर  कृषि सामग्री वितरण गरिएको हो । 

  • न्युज बहार संवाददाता

थप