Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

असिनापानीका कारण मकैबाली र लहरे तरकारीमा क्षति।

  •   ४ वर्ष अघि | २४ बैशाख २०८०, आइतवार

बैशाख २४, पोखरा । हिजो शनिबार साँझ परेको असिनापानीका कारण गण्डकी प्रदेशको मकैबाली र लहरे तरकारीमा क्षति पुगेको छ ।

पोखरा महानगरपालिका वडा नं २३, २४, ३२, ३३ लगायत वडाका मकैबाली तथा लहरे तरकारीलाई साँझको समयमा हावाहुरीसहित आएको असिनापानीले क्षति पुगेको छ।

यस क्षति बारे महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिएका हुन ।

महाशाखा प्रमुख कडरियाले केही स्थानमा क्षति पुर्याएको जानकारी आफुलाई प्राप्त भएको तर त्यसको यकिन विवरण भने प्राप्त नभइसकेको उनले बताएका छन ।

पोखरा महानगरपालिकाको वडा नं ३२ स्थित तल्लो गगनगौडाको बेलबुटे र बेलबुटे आसपासका क्षेत्रमा मकैबालीका साथै फल्ने बेला भएको लहरे तरकारीमा क्षति पुगेको स्थानीयवासीहरुले बताएका छन ।

हावाहुरीसहित आएको असिना पानीले मकैका पात छियाछिया बनाएको छ भने फल्ने तयारीमा रहेका लहरेबालीमा समेत क्षति पुगेको छ । 

  • न्युज बहार संवाददाता

थप