Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्याजखेतीमा रमाएका महराको गुनासो: प्याज भण्डारणका लागि कुनै व्यवस्था छैन

  •   २ वर्ष अघि | २५ चैत्र २०८०, आइतवार

चैत २५, डोटी । डोटी जिल्लाका किसानहरुमा अहिले प्याजखेतीप्रति आकर्षण बढ्दो क्रममा छ ।  जिल्लाभरी छरिएर रहेका विभिन्न किसानहरुले अहिले जिल्लाकै विभिन्न स्थानमा प्याजखेती गरिरहेका छन् । जिल्लाको शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा त्यहीका स्तानिय किसान सकराम महराले पनि प्यज खेती गरेका छन । उनले २० रोपनी जमिनमा प्याज लगाएका छन । महराले २०६१ सालदेखि निरन्तर कृषी गरिरहेका छन । उनी अहिले ६१ वर्षीका हुँदा पनि कृषीमा आवद्ध छन । उनले गत वर्ष  आठ रोपनी जग्गामा  प्याजखेती गरेका थिए। सिँचाइका लागि पाइप र बीउ कृषि ज्ञान केन्द्र डोटीबाट पाएपछि यो वर्ष भने उनले प्याजखेती विस्तार गरेका छन ।

महराका अनुसार बीस रोपनी जमिनमा विभिन्न चरणमा चार किलो प्याजको बीउ रोपिएको छ, बीउ फरक–फरक समयमा राखिएकोले, फरक समयमा सबै जमिनमा प्याज रोपिएको हो । उनले प्याज रोप्नका लागि ५५ दिन जति ज्यालामा स्थानीयलाई काम लगाएका छन । यसरी ज्यालामा काम लगाएबापत एक दिनको एक दिन बराबर आठ केजी प्याज दिने सहमति भएको छ । उनका अनुसार सिजनमा रु २५ देखि ३५ प्रतिकिलो र बेसिजनमा रु ४५ देखि ८० प्रतिकिलोका दरले प्याज बिक्री गर्दै आएका छन । 

महराका अनुसार प्याज उत्पादन गर्नुभन्दा पनि बिक्री गर्न समस्या हुने गरेको छ । सिजनमा भनेको मूल्य पाइँदैन, बेसिजनमा बेच्दा मूल्य पाइन्छ तर प्याज जोगाउन गाह्रो हुने गरेको उनले जनाएका छन । प्याज भण्डारणका लागि कुनै व्यवस्था नहुँदा धेरैजसो प्याज बिग्रिएर जाने गरेको उनले गुनासो गरेका छन ।

  • न्युज बहार संवाददाता

थप