मंसिर २३, सर्लाही । प्रहरीले सर्लाही लालबन्दी नगरपालिका –१४, नारायण खोलास्थित १५ बिघा क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ।
सुरक्षाकर्मीको
टोलीले सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमला नेतृत्वको गाँजा
खेती नष्ट गरेको हो।
सर्लाहीका
प्रहरी प्रमुख प्रवीण धितालका अनुसार सुरक्षाकर्मीको टोलीले नारायण खोला र आसपासका
क्षेत्रको विशाल भूभागमा गाँजाखेती गरिएको विशेष सूचनाका आधारमा परिचालन भएको १५ बिघा क्षेत्रफलमा लगाएको
गाँजा नष्ट गरेको हो ।
नेपाल
प्रहरी विशेष सुरक्षा गण ढल्केवर, जिल्ला प्रहरी
कार्यालय मलङ्गवा, सशस्त्र प्रहरी सुरक्षा बल लालबन्दी र इलाका
प्रहरी कार्यालय लालबन्दीबाट एक सय ५० जनाभन्दा बढी सुरक्षाकर्मी गाँजा नष्ट गर्न परिचालन
भएका थिए।
- न्युज बहार संवाददाता