बैशाख २२, झापा । चालु आर्थिक वर्षको नौ महिनामा झापा
जिल्लाको काँकडभिट्टा
नाका हुँदै रु १७ करोडभन्दा बढीको बन्दाकोभी भारत निर्यात भएको छ ।
इलाम, धनकुटा, झापालगायतका जिल्लाहरुमा उत्पादन भएको बन्दाकोभी
भारत निर्यात गरिएको हो ।
काँकडभिट्टा नाका भएर गत वर्ष साउनदेखि चैत
मसान्तसम्म रु १७ करोड ६८ लाख ६८ हजार बराबरको १० हजार एक सय तीन मेट्रिक टन
बन्दाकोभी भारत निर्यात गरिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाका सूचना
अधिकारी चन्देश्वर ठाकुरले जानकारी दिएका छन ।
उक्त काँकडभिट्टा नाकाबाट खाद्यान्न तथा
कृषिउपजहरु पनि निर्यात हुने गरेको उनले बताएका छन ।
नेपालबाट भारतमा सबैभन्दा धेरै निर्यात हुने
मालवस्तुमा क्रमशः चिया, अलैँची, प्लाइउड
र अदुवा रहेको छ भने सबैभन्दा धेरै आयात हुनेमा फलफूल, तरकारी, सोयाबिन र आलु रहेको
कार्यालयले जनाएको छ ।
- न्युज बहार संवाददाता