असोज २०, बागलुङ । भेडीगोठहरु धमाधम बेसी झर्न
थालेका छन । जेठमा गर्मी सुरु भएसँगै लेक चढेका भेडीगोठ अहिले धमाधम बेसी झर्न
थालेका हुन । बागलुङको तमानखोला, निसीखोला र ढोरपाटनलगायतका क्षेत्र लेकबाट
भेडीगोठ बेसी झर्न थालेपछि अहिले भेडाबाख्राका बथानले भरिएका छन् ।
चाडबाड नजिकिदै
गरेको र लेकमा जाडो पनि सुरु हुन थालेकोले भेडीगोड बेसी तिर सारिएका हुन । गत जेठ
पहिलो सातादेखिनै लेक उक्लिएका भेडीगोठ असोजको पहिलो सातादेखिनै बेसी झर्न सुरु गरिसकेका
छन । भेडी गोठाले हरेक वर्ष बर्खामा बेसीमा घाँस अभाव हुने र लेकमा प्रशस्त पाइने
हुँदा लेक–बेसी गर्ने
गर्छन् ।
पश्चिम
बागलुङको माथिल्लो क्षेत्रका अधिकांश किसानका लागि लेकबेसी गर्नु परम्परानै भइसकेको
छ । उक्त क्षेत्रका एकै परिवारले दुई सयदेखि एक हजार वटासम्म भेडा पाल्ने गर्दछन ।
यसरी हजारौव
भेडा पालन गरेका गोठालाहरु हप्तौँको यात्रा गरी बुकी चढ्ने र बेसी झर्ने गर्दछन् ।
बेसीमा भन्दा बुकीमा भेडाबाख्राका लागि पोषिलो घाँस र चरन क्षेत्र पर्याप्त पाइनेहुन्छ
। यतिबेला रिग, तिलाचन, सोलेडाँडा, पातीहाल्ने, भर्कोबाङलगायतका क्षेत्रमा भेडाका बथान देख्न
सकिन्छ । यो समय भेडाबाख्रा बिक्री गर्ने सिजन पनि भएकोले गोठालाहरु बेसी झरेर भेडाबाख्रा
धपाउँदै बजार तिर लाग्ने गर्छन् ।
- न्युज बहार संवाददाता