Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

देशभर असार चौथो सातासम्म कुल ५३ प्रतिशत धान रोपाइँ सकियो।

  •   ३ वर्ष अघि | ३० असार २०८०, शनिबार

असार २९, काठमाडौँ । देशभर असार चौथो सातासम्म कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले कम रहेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ।

यस अवधिमा गत वर्ष ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो भने यस वर्ष ५३ प्रतिशत क्षेत्रफलमा मत्र रोपाइँ भएको हो।

३० असारसम्म यस वर्ष ७ लाख १८ हजार ५७६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । सरकारी अनुमान अनुसार यस वर्ष १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुनु पर्नेछ। यस अवधिमा सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै धान रोपाइँ भएको छ ।

मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले सुदूरपश्चिम प्रदेशमा ८५ प्रतिशत भूभागमा रोपाइँ सकिएको बताएका छन ।  यस्तै, यस वर्ष सबैभन्दा कम रोपाइँ धान उत्पादनको भण्डार मानिने मधेश प्रदेशमा भएको छ । यस प्रदेशमा हालसम्म २८ प्रतशित क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

  • न्युज बहार संवाददाता

थप