Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

उखु कृषकलाई अनुदानवापत ८० करोड रुपैयाँ भुक्तानी

  •   ३ वर्ष अघि | ८ पुस २०८०, आइतवार

पुस ८, काठमाडौँ । उखु कृषकलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानवापत ८० करोड रुपैयाँ भुक्तानी गरेको छ ।

कृषकलाई गत आर्थिक वर्ष २०७९/८० मा भुक्तानी गर्नुपर्ने एक अर्ब ३२ करोडमध्ये सो रकम भुक्तानी गरिएको हो । मन्त्रालयका सहसचिव एवं प्रवक्ता शवनम सिवाकोटीले बाँकी ५२ करोड रुपैयाँ भुक्तानीका लागि पनि मन्त्रिपरिषद्ले स्वीकृति दिएकाले किसानको उपलब्ध विवरणका आधारमा खातामै रकम भुक्तानी हुने जानकारी दिएका छन ।

उखु कृषकको संरक्षण र कृषि व्यवसाय प्रवर्द्धन गर्न हरेक वर्ष सरकारले उखुको न्यूनतम खरिद मूल्य तोक्दै आएको छ । चालु आर्थिक वर्षका लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल पाँच सय ६५ र नेपाल सरकारले प्रदान गर्ने प्रति क्विन्टल अनुदान रकम ७० रुपैयाँ निर्धारण गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप