Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ बाँडफाँट, यसरी हेर्नुस नतिजा।

  •   ३ वर्ष अघि | ३० जेष्ठ २०८०, मङ्लबार

जेठ ३०, काठमाडौँ। आज मंगलबार रावा इनर्जी डेभलपमेन्ट कम्पनीको आइपिओ बाँडफाँट भएको छ। 

आजको बाँडफाँटमा गोलाप्रथामार्फत ६४ हजार ३६६ जनाले सेयर पाएका छन् भने आइपिओको बाँडफाँट बिक्री प्रबन्धक प्रभु क्याटिलको कार्यालयमा भएको हो।

आइपिओ भरेका मध्ये भाग्यमानी ७ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन। 

उक्त आइपिओमा कुल ११ लाख ८५ हजार २०६ जनाले आवेदन दिएकोमा १ लाख ७ हजार ४६६ जनाको आवेदन रद्द भएको थियो।

बिक्री प्रबन्धकले बाँकी १० लाख ७७ हजार ७४० जनाको आवेदन बाँडफाँटका लागि योग्य भएको बताएको छ।

कम्पनीले यही जेठ १८ गतेदेखि २२ गतेसम्म उक्त आइपिओ बिक्री खुला गरेको थियो।

आइपिओ बाँडफाँटको नतिजा लगानीकर्ताले बिक्री प्रबन्धकको वेबसाइट, मेरोसेयर एकाउन्ट, कम्पनीको वेबसाइट तथा सिडिएस एन्ड क्लियरिङको वेबसाइट हेर्न सक्नेछन्। 

  • न्युज बहार संवाददाता

थप