Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा पहिलो दिन ५.८३ गुणा बढी आवेदन

  •   ९ महिना अघि | ७ पुस २०८२, सोमवार

पुस ७, काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि खुलाएको आईपीओप्रति लगानीकर्ताको उल्लेख्य आकर्षण देखिएको छ। आईपीओ खुलेको पहिलो दिनमै १ लाखभन्दा बढी लगानीकर्ताले आवेदन दिएका छन्।

बुक बिल्डिङ विधिअन्तर्गत जारी गरिएको यस आईपीओमा सोमबार १ लाख ९१७ आवेदनमार्फत ५३ लाख ९८ हजार १०० कित्ता शेयरको माग परेको छ। यो माग कम्पनीले निष्काशन गर्न लागेको शेयर संख्याभन्दा ५.८३ गुणा बढी हो। रिलायन्स स्पिनिङ मिल्सले सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता शेयर उपलब्ध गराएको छ।

प्रति कित्ता ८२० रुपैयाँ ८० पैसाको मूल्य तोकिएको यस आईपीओमा न्यूनतम ५० कित्ता आवेदन दिनुपर्ने व्यवस्था छ। पहिलो दिनमै यसबाट ४ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ। आईपीओ आगामी बिहीबारसम्म आवेदनका लागि खुला रहनेछ भने निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले लिएको छ।

  • न्युज बहार संवाददाता

थप