जेठ २१, काठमाडौँ । साताको दोस्रो कारोबार शेयर बजार परिसुचक नेप्से आज घटेर बन्द भएको छ ।
सोमबार नेप्से परिसूचक ३.९७ अंक(०.१९ प्रतिशत)
घटेर २०७९.०७ विन्दुमा बन्द भएको छ।
यस दिन नेप्सेसँगै कारोबार
रकम पनि घटेको छ। बजारमा यस दिन ३१६ स्टकको ५९ हजार २८५ पटकको कारोबारमा ४ अर्ब ४०
लाख रुपैयाँ बराबरको ८८ लाख २० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
यस दिन सर्वाधिक ९.९८ प्रतिशतले बुद्धभुमि
नेपाल हाइड्रोपावरको शेयरमूल्य बढेको छ भने यस दिन एनआईबिएल स्टेबल फण्डको इकाई
नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।
आज कारोबार रकमका
आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ। यस
कम्पनीको आज १४ करोड ८५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
आज
कारोबारमा आएका १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त उपसमूहको
परिसूचक बढेको छ । यस दिन २.४३ प्रतिशतले लघुवित्त उपसमूहको परिसूचक बढेको छ।
- न्युज बहार संवाददाता