जेठ १६, काठमडौँ । आज सेयर बजार परिसुचक नेप्सेमा भारी गिरावट आएको छ ।
आगामी आर्थिक वर्षको २०८०/८१ को बजेट सार्वजनिक गर्दै सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक विधेयकमा एफपीओको प्रिमियम र मर्जर एक्विजिसनको लाभमा कर तिर्नुपर्ने कर तिर्नेलाई शुल्क तथा ब्याजमाछुट दिने व्यवस्था सार्वजनिक गरेसगैँ आज बजारमा पहिरो गएको बुझिएको छ।
आज मंगलबार सेयर बजार कारोबार सुरु भएदेखिनै घट्न थालेको नेप्से ५३.१६ अंकले घटेर १८८८.६१ बिन्दुमा पुगेर बन्द भएको छ। यो गिरावट २।७४ प्रतिशत हो। यस्तै आज घटेको बजारमा कारोबार रकम भने २ अर्ब ३४ पुगेको छ ।
- न्युज बहार संवाददाता