Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लघुबीमा कम्पनी क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने

  •   ३ वर्ष अघि | १४ फाल्गुन २०८०, सोमवार

फागुन १४, काठमाडौँ । क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ जारी गर्ने भएको छ । कम्पनीको आगामी चैत ५ गते बस्ने साधारणसभामा प्राथमिक सेयर (आईपीओ) जारी गर्ने प्रस्ताव लैजाने निर्णय गरेको हो ।

उक्त साधारणसभाले यससम्बन्धी प्रक्रियागत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्ने जनाइएको छ । यसका सथै साधारणसभाले कम्पनीको प्रवन्धपत्र तथा नियमावली संशोधन आवश्यक परेमा संशोधन गर्ने अधिकार पनि सञ्चालक समितिलाई दिने प्रस्ताव पारित गर्नेछ ।

प्राधिकरणले ७ लघुबीमा कम्पनीलाई सञ्चालनका लागि स्वीकृति दिएको छ । सात मध्ये क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्स पनि एक हो ।  न्यूनतम ७५ करोड रुपैयाँ यस्ता लघुबीमा कम्पनीहरुको चुक्ता पूँजी तोकिएको छ । लघुबीमा  कम्पनिले सोही चुक्ता पूँजीको ३० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

  • न्युज बहार संवाददाता

थप