Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सर्वोत्तम सिमेन्ट लिमिटेडको आइपिओ फागुन १३ गतेदेखि खुल्दै

  •   २ वर्ष अघि | ६ फाल्गुन २०८०, आइतवार

फागुन ६, काठमाडौँ । फागुन १३ गतेदेखि सर्वोत्तम सिमेन्ट लिमिटेडले आइपिओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। 

कम्पनीले सर्वसाधारणका लागि फागुन १३ गते आइतबारदेखि आइपिओ निष्कासन गर्न लागेको हो।

सर्वसाधारणका लागि कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयर निष्कासन गर्न लागेको हो। प्रतिकित्ता ३६० रूपैयाँ ९० पैसाका दरले लगानीकर्ताले उक्त आइपिओमा आवेदन दिनु पर्ने हुन्छ। 

उक्त आइपिओमा न्यूनतम ५० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। 

फागुन १६ गतेसम्म कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ।

इक्रा नेपालले कम्पनीलाई 'इक्रा एनपी इस्युअर रेटिङ ट्रिपल बीप्रदान गरेको छ। यसले कम्पनी समयमा नै सुरक्षित रुपले वित्तयि दायित्व बहन गर्न मध्यम स्तरको क्षमता भन्ने जनाउँछ

  • न्युज बहार संवाददाता

थप