Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेप्से परिसुचक बढ्दा पनि घट्यो कारोबार रकम

  •   ३ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

चैत १३, काठमाडौँ । आज साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यसदिन नेप्से परिसूचक १०.१४ अंक (०.४९ प्रतिशत)ले बढेर २०४१.७० विन्दुमा बन्द भएको छ ।

यस दिन नेप्से बढेपनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । यस दिन ३१० स्टकको ४९ हजार ५१२ पटकको कारोबारमा २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ बराबरको ६८ लाख ४२ हजार कित्ता शेयर कारोबार भएको छ ।

आज बजारमा दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सर्वोत्तम सिमेन्ट र दोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबारमा आएका मध्ये धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ९.३५ प्रतिशतले घटेको छ।

यस दिन कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। उक्त कम्पनीको यस दिन ९ करोड ३१ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

यस दिन १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक घटेको छ भने १० उपसमूहको परिसूचक बढेको छ । यस दिन सर्वाधिक २.११ प्रतिशतले उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक बढेको छ। यस दिन जीवन बीमा, वित्त र व्यापार उपसमूहको परिसूचक घटेको हो।

  • न्युज बहार संवाददाता

थप