Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेप्से निरन्तर घट्दो क्रममा, कारोबार रकम पनि घट्दै

  •   २ वर्ष अघि | १३ फाल्गुन २०८०, आइतवार

फागुन १३, काठमाडौँ । नेप्से परिसूचक साताको पहिलो कारोबार दिन आइतबार घटेर बन्द भएको छ । यस दिन पनि अघिल्लो साताको बिहीबारदेखि ओरालो लागेको नेप्सेले सोही क्रमलाई निरन्तरता दिएको हो ।

आइतबार नेप्से परिसूचक २६.८१ अंक(१.३३ प्रतिशत) ले घटेर १९७९.०२ विन्दुमा बन्द भएको छ। 

यस दिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। यस दिन ३१७ स्टकको ७१ हजार ८८० पटकको कारोबारमा ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ बराबरको ८५ लाख ४६ हजार कित्ता शेयर कारोबार भएको हो ।

नेप्से घट्दा पनि आज बोटलर्स नेपाल (बालाजु) को शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने मोलुङ्ग हाइड्रोपावर र समाज लघुवित्त वित्तीय संस्थाको शेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन कारोबार रकमका आधारमा सन नेपाल लाइफ इन्स्योरेन्स भने शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड १८ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढ्दा ११ उपसमूहको परिसूचक घटेको छ । यस दिन सर्वाधिक १.४० प्रतिशतले वित्त उपसमूहको परिसूचक बृद्धी भएको छ भने सर्वाधिक २.४२ प्रतिशतले कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक घटेको छ ।

  • न्युज बहार संवाददाता

थप