असार १५, काठमाडौँ। आज असार १५ अर्थात राष्ट्रीय धान दिवस तथा दही चिउरा खाने दिन । प्रत्येक वर्ष असार १५ मा राष्ट्रीय धान दिवस मनाइने गरिन्छ । साथै आजको दिन नेपालीहरुले दही चिउरा खाएर पनि मनाउने गर्छन ।
आजको दिन
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसरी दही
चिउरा खानाले शरीरमा शीतलता प्राप्त हुनुका साथै शरिरमा शक्ति सञ्चय हुने विश्वास पनि
गरिन्छ ।
नेपाली
समाजमा असार १५ लाई दही चिउरा खाने पर्वका रूपमा मनाइने गरिन्छ । आजका दिन खेतीपातीबाहेक
अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि दही चिउरा खाई असार १५ मनाउँछन् ।
त्यस्तै २०६२
साल असार १५ गतेदेखि असार १५ गतेलाई राष्ट्रिय धान दिवसका रुपमा मनाउन थालिएको हो
। नेपाल कृषिप्रधान देश हो नेपालका अधिकांश मानिसको पेसा खेतीपाती रहेको छ ।
यो महिना
किसान वर्षभरका लागि छाक जुटाउन खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा
लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ ।
- न्युज बहार संवाददाता