Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आँप किन्दा ध्यान दिनुर्ने कुराहरु

  •   १ वर्ष अघि | ९ असार २०८२, सोमवार

असार ९, काठमाडौँ । विभिन्न मौसममा पाइने फलफूलहरु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। यस्ता फलफुलमा फाइबर, भिटामिन, खनिज र एन्टिअक्सिडेन्टहरू प्रशस्त पाइन्छ जसले रोगप्रतिरोधी क्षमता बढाउँनुका साथै पाचन प्रणाली सुधार गर्न मद्दत गर्छ।

अहिले आँपको मौसम सुरु भएको छ। आज भोली बजारमा विभिन्न प्रजातिका आँप खरिदविक्री भइरहेका छन्। आँपको मौसम सुरु  भएसँगै हामीहरु धेरैले आँप खान सुरु गरिसकेका छौँ।

तर के हामीले खाइरहेको आँप प्रकृतिक रुपमा पाकेको हो त? यसमा कुनै विषादीको प्रयोग गरिएको छ कि? आँपको उपयोग गरिरहँदा यस्ता कुराहरुमा विशेष श्यान दिनुपर्ने हुन्छ। त्यसैले हामीले याहाँ केही टिप्सहरु उपलब्ध गराएका छौँ, जसले आँप खानु वा किन्नु पुर्व के गर्ने भन्ने बारेमा सहयोग गर्ने छ।

खुला ठाउँमा राखिएको आँप किन्नु उपयुक्त मानिन्छ, कार्टुनमा राखिएको आँपमा केमिकलको मात्रा बढि हुन सक्छ।

यदी प्रकृतिक रुपमा पाकेको आँप छान्न चाहानु हुन्छ भने हल्का पहेलोँ र बाँकी भाग हरियो भएको आँप लिनु उपयुक्त हुन्छ।

आँप किन्दा अली काँचो काँचो आँप किन्नु राम्रो मानिन्छ, जसलाई तपाईले घरमा लगेर आफैँ पकाएर खान सक्नु हुन्छ।

केमिकल हालिएको वा नहालिएको आँप चिन्नको लागि त्यसको बास्नामा ध्यान दिनु पर्ने हुन्छ। केमिकल हालेर पकाइएको आँपमा त्यसको बाँस्ना निकै कम वा शुन्य मात्रामा हुन्छ भने प्रकृतिक रुपमा पाकेको आँपमा मिठो बाँस्ना महसुस गर्न सकिन्छ।

आँप किन्दा आँपको रंग राम्रो हेरेर हुँदैन। राम्रो र आकर्षक देखिने प्राय आँपमा देखावटीको लागि कलर प्रयोग गरिएको हुन्छ।

  • न्युज बहार संवाददाता

थप