Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

काठमाडौँ उपत्यका लगायत देशभरी बढ्दो बायु प्रदूषणका कारण बिरामीहरुको संख्या बृद्धी

  •   १ वर्ष अघि | २२ चैत्र २०८१, शुक्रबार

चैत २२, काठमाडौँ । काठमाडौँ उपत्यका लगायत देशभरी अहिले बायु प्रदूषण बढ्दो क्रममा छ । यससँगै उपत्यका लगायतका अस्पतालहरूमा बिरामीहरुको चाप बढेको छ । 

वायु प्रदूषणका कारण आज भोली धेरै जसो मानिसहरूमा श्वासप्रश्वासको समस्या, दम र फोक्सो सङ्क्रमण हुने समस्या देखिएको छ ।

वायु प्रदूषण बढ्दा अस्पतालहरूमा सुख्खा खोकी लाग्ने, आँखा पोल्ने, घाँटी चिलाउने, छाला सुख्खा हुने, टाउको दुख्ने, थकान महसुस हुने, एलर्ज र जलन हुने,  लगायतका स्वास्थ्य सम्बन्धी समस्या लिएर बिरामीहरू अस्पताल पुग्ने गरेका चिकित्सकहरूले जनाएका छन ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार गर्मी मौसम लागेसँगै बढ्दो वन डढेलो र आगलागीका घटना, सडक निर्माण लगायतका निर्माण कार्यबाट निस्केका धुलोका कण, सवारी प्रदूषण, फोहरमैलाका कारण केही दिन यता काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरको वायु प्रदूषण खतराको अवस्थामा पुगेको हो ।

  • न्युज बहार संवाददाता

थप