Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

कुन उमेर समुहका व्यक्तीले एकदिनमा कति पानी पिउने?

  •   १ वर्ष अघि | १९ जेष्ठ २०८२, आइतवार

जेठ १८, काठमाडौँ । अहिले नेपाको धेरै जसो स्थानमा गर्मी बढ्न थालेको छ । गर्मीमा डिहाइड्रेसन (निर्जलीकरण)  को समस्या उच्च हुन्छ । शरीरमा पानीको कमी हुनुलाई डिहाइड्रेसन भनिन्छ । डिहाइड्रेसन हुँदा जसले पखाला, लो ब्लड प्रेसर, चक्कर लाग्ने र बेहोस हुने जस्ता धेरै गम्भीर स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ ।

डिहाइड्रेसनको समस्या पर्याप्त पानी नपिउनाले हुन्छ । यसबाट बच्नको लागि हरेक उमेर समुहको व्यक्तिले आफ्नो शरिरलाई आवश्यक तरल पदार्थको सेवन गर्नु गरुरत हुन्छ । यसका लागि हामिले भरपुर पानी पिउनुपर्छ । हरेक व्यक्तीले कति पानि पिउने भन्ने आफ्नो उमेर, शरीरको आकार, गतिविधि स्तर र हावापानीमा निर्भर गर्दछ।

यहाँ सामान्य अवस्थामा फरक उमेर समूह अनुसार कुन उमेर समुहले कति पानी पिउनु पर्छ भन्ने जानकारी प्रस्तुत गरिएको छ।

एक दिनमा कसले कति पानी पिउने ?

१ देखि ३ वर्ष - ४ गिलास

४ देखि ८ वर्ष - ५ गिलास

९ देखि १३ वर्ष - ७-८ गिलास

१४ देखि १८ वर्ष - ८-११ गिलास

१९ वर्षदेखि माथिका महिला - ९ गिलास

१९ वर्षदेखि माथिका पुरुष - १३ गिलास

गर्भवती वा स्तनपान गराउने महिला  - १०-१३ गिलास

  • न्युज बहार संवाददाता

थप