Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एकै जिल्लाका पाँच पालिका पूर्णखोप सुनिश्चितता घोषणा

  •   १ वर्ष अघि | ९ जेष्ठ २०८२, बिहिबार

जेठ ८, बागलुङ । बागलुङका पाँच स्थानीय तहलाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । साथै यी पाँच पालिकालाई दिगोपन भएका पालिका समेत घोषणा गरिएको छ ।

ताराखोला गाउँपालिका लगायत जिल्लाको गलकोट, बागलुङ, ढोरपाटन र जैमिनी नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपन भएका पालिका घोषणा गरिएको हो। 

जन्मेदेखि १५ महिना उमेर समूहका छ सय ६३ जना बालबालिकाले बागलुङ नगरपालिकामा नियमित खोप लगाइरहेका छन । स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालका अनुसार १६ देखि २४ महिना उमेर समूहका चार सय ४९ जनालाई खोप दिएपछि पूर्णखोप सुनिश्चित नगर बनेको छ ।

नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा उपलब्ध गराइएका छन ।

  • न्युज बहार संवाददाता

थप