Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज खग्रास चन्द्रग्रहण लाग्दै

  •   १ वर्ष अघि | २२ भदौ २०८२, आइतवार

भदौ २२, काठमाडौँ । आज भाद्र शुक्ल पूर्णिमाको अवसरमा यो वर्ष २०८२ सालको पहिलो चन्द्रग्रहण लाग्दैछ, जुन खग्रास चन्द्रग्रहण हो।

खग्रास चन्द्रग्रहणको समयमा चन्द्रमा रातो देखिन्छ, जसलाई सर्वसाधारण भाषामा ‘ब्लड मुन’ भनिन्छ। यो रातो रङ देखिनुको कारण पृथ्वीको वायुमण्डलले नीलो प्रकाशलाई छरछिट्ट पारेर मात्र रातो प्रकाश चन्द्रमासम्म पुग्ने भएकाले हो।

यो चन्द्रग्रहण नेपाल, भारत, एशिया, पश्चिम अष्ट्रेलिया र युरोपका करिब ८५ प्रतिशत जनसंख्याले प्रत्यक्ष रूपमा हेर्न सक्नेछन्। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार चन्द्रग्रहण राति १०:११ बजे सुरु भई १:४१ बजे समाप्त हुनेछ। यदि मौसम सफा भएमा काठमाडौंबाट लगभग साढे तीन घण्टासम्म चन्द्रग्रहण देख्न सकिनेछ।

यस वर्षको अर्को चन्द्रग्रहण फागुन शुक्ल पूर्णिमाको दिन खण्डग्रास स्वरूपमा लाग्ने समितिले जानकारी दिएको छ। सामान्यतः चन्द्रग्रहण पूर्णिमा र सूर्यग्रहण औंसीको दिनमा लाग्ने गर्दछ।

  • न्युज बहार संवाददाता

थप