Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाँचौ जित सँगै चेन्नाई सुपर किंग्स अंक तालिकाको शीर्ष स्थानमा।

  •   ३ वर्ष अघि | ११ बैशाख २०८०, सोमवार

बैशाख ११, काठमाडौं । आईपीएल - इन्डियन प्रिमियर लिग २०२३ को हिजो आइतबार राति भएको दोस्रो खलेमा कोलकाता नाइट राइडर्सलाई चेन्नाई सुपर किंग्सले ४९ रनले पराजित गरेको छ ।

यस सिजनमा चेन्नाईको यो पाँचौ जित हो । यस सँगै चेन्नाई ७ खेलबाट १० अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ । कोलकाताको यो पाँचौं हार हो । कोलकाता ७ खेलबाट ४ अंकसहित आठौं स्थानमा रहेको छ ।

गएराति एडेन गार्डेन कोलकाताको घरेलु मैदानमा भएको खेलमा चेन्नाईले पहिले ब्याटिङ गर्दै २३५ रनको बिशाल लक्ष्य बनाउन सफल भएको थियो ।

यता कोलकाताले २३६ रनको लक्ष्य पछ्याएकोमा २० ओभरमा ८ विकेट गुमाएर १८६ रन मात्र बनाउन सक्यो ।

  • न्युज बहार संवाददाता

थप