Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दीलाई युक्रेनले गर्यो सार्वजनिक

  •   २ वर्ष अघि | ४ चैत्र २०८०, आइतवार

चैत ४, काठमाडौँ । रुसी सेनामा भर्ती भएका नेपालीसहित ८ युद्धबन्दी युक्रेनले सार्वजनिक गरेको छ।

थुनामा रहेका युद्धबन्दीमध्ये शुक्रबार क्युबा, सोमालिया र सियरा लियोनका एक/एक जना र ५ नेपाली गरी ८ जनालाई सार्वजनिक गरेको समाचार संस्था रोयटर्सले जनाएको हो ।

युक्रेनी सेनाले उनीहरूलाई सार्वजनिक गर्दै रूसी सेनामा भर्ती हुनबाट आफ्ना नागरिकहरूलाई रोक्न आग्रह गरेको छ।

युद्धबन्दीहरुको उपचार समन्वय विभागका प्रतिनिधि पेट्रो यात्सेन्कोले शुक्रबार पत्रकार सम्मेलनमा भने अन्य देशले आफ्ना नागरिकहरूलाई विदेशी सेनामा भर्ती नगराउन् र उनीहरू पनि  सचेत होऊन् भन्नका लागि हामीले युद्धबन्दीलाई सार्वजनिक गरेका हौँ ताकी उनीहरू नफसुन्।

युद्धबन्दीहरूलाई बर्दीमै पत्रकार सम्मेलनमा उपस्थित गराइएको थियो।

युक्रेनले परिचय भने कसैको पनि खुलसएको छैन । सार्वजनिक तस्बिरमा अघिल्लो लहरमा बायाँतर्फका तीन र पछिल्लो लहरमा दायाँबाट दुईजना नेपाली नागरिक रहेको खुलेको छ । 

 

  • न्युज बहार संवाददाता

थप