जेठ २०, काठमाडौँ।
भारतको ओडिसामा रेल दुर्घटना भएको छ। ओडिसामा भएको उक्त रेल दुर्घटनामा २३३ जनाको
मृत्यु भएको छ।
शुक्रबार बेलुका ओडिसामा
पर्ने बालासोर जिल्ला नजिकै बहानगा बजार स्टेशन छेउमा रेल दुर्घटना भएको थियो।
यस दुर्घटनामा परी ९ सय जनाभन्दा बढी घाइते भएका छन्।
शुक्रबार साँझ ७ बजे
चेन्नईबाट हाउडा गइरहेको बहानगानजिक मालगाडीसँग ठोक्किएर दुर्घटना भएको बीबीसीले जनाएको
छ।