मंसिर ३०, काठमाडौँ । गाजामा जारी आफ्नो सैन्य कारबाहीमा गल्तीले तिन जना बन्धक मारिएको जानकारी इजरायली सेनाले दिएको छ । मारिनेमा २२ वर्षीय समिर तलाल्का, २८ वर्षीय योताम हाइम, र २६ वर्षीय अलोन सामरिज रहेको इजरायली सेनाले जनाएको छ ।
सेनाको
भनाई अनुसार उत्तरी गाजाको सेजाइयामा गरिएको सैन्य कारबाहीका दौरान उनीहरू मारिएका
हुन । इजरायलमा गत ७ अक्टोबरका दिन हमासले गरेको आक्रमणपछि गाजामा अझै १ सयभन्दा
बढी बन्धक रहेका छन् । अस्थायी युद्धविरामका दौरान केही बन्धकहरूलाई छोडिएको थियो
भने अझै १ सय भन्दा बढी बन्धक रहेका छन ।
- न्युज बहार संवाददाता