फागुन २७, काठमाडौँ
। ७१ औं मिस वर्ल्डको उपाधि चेक रिपब्लिककी क्रिस्टिना पाइस्कोभाले जितेकी छन् । मुम्बईमा
शनिबार राती आयोजित मिस वर्ल्डको ग्राण्ड फिनालेमा उनले ताज पहिरिएकी हुन ।
२४ वर्षिया
रिपब्लिककी क्रिस्टिना पाइस्कोभा पेशाले अन्तर्राष्ट्रिय स्वयंसेवक, मोडल र विद्यार्थी हुन्
।
यो संस्करणको प्रतिस्पर्धामा नेपालले आफ्नो यात्रा अन्तिम ४० सम्म मात्रै तय गर्न सक्यो । यसका अलावा नेपाल ‘ब्युटी विथ
अ पर्पस’ विधामा एसियाली विजेता बन्न भने
सफल भयो ।
- न्युज बहार संवाददाता