चैत ९, काठमाडौँ
। आज अर्थात शुक्रबारदेखि १७औँ संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट
प्रतियोगिताको सुरु हुँदैछ । १० वटा टोलीको यस संस्करणमा
सहभागिता रहेको छ । आज प्रतियोगिताको उद्घाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लुरु र
साबिक विजेता चेन्नई सुपर किङ्सबिच खेलिने छ ।
चेन्नईस्थित
एम. ए. चिदम्बरम क्रिकेट रंगशालामा उद्घाटन खेल अघि प्रतियोगिताको भब्य उद्घाटन
समारोह आयोजना गरिने भएको छ । बलिउडका चर्चित हस्तीहरुले उद्घाटन समारोहमा पनि
आफ्नो प्रस्तुति दिने भारतिय संचारमध्यमहरुले जनाइएको छ ।
चर्चित
गायक सोनु निगम र एआर रहमानले उद्घाटन समारोहमा आफ्नो प्रस्तुति दिने भएका छन् भने
यसका अतिरिक्त टाइगर श्राफ, अक्षय कुमारलगायतका चर्चित बलिउड कलाकारले पनि उद्घाटन
समारोहमा आफ्नो प्रस्तुति दिने जनाइएको छ ।
१७औँ
संस्करणको प्रतियोगितामा दिल्ली क्यापिटल्स, चेन्नई सुपर किङ्स, कोलकाता नाइट राइडर्स, गुजरात टाइटन्स, मुम्बई इन्डियन्स, लखनउ सुपर जाइन्ट्स, राजस्थान रोयल्स, पञ्जाब किङ्स, सनराइजर्स हैदराबाद र रोयल
च्यालेन्जर्स बैंग्लुरु गरी १० टोलीले उपाधीका लागि आपसमा प्रतिस्पर्धा गर्ने छन ।
- न्युज बहार संवाददाता