चैत २७, काठमाडौँ । आईपीएल - इन्डियन प्रिमियर लिग २०२३ मा सनराइजर्स हैदरावादले यस सिजिनको आफ्नो पहिलो जित हात पारेको छ । हैदरावादले हिजो राती भएको खेलमा पञ्जाव किंग्सलाई हराएर पहिलो जित निकालेको हो।
आइतबार राति भएको खेलमा हैदरवादाले पञ्जावलाई मायांक मार्कन्डे र राहुल त्रिपाटीको उतकृष्ट प्रदर्शनिमा ८ विकेटले सहजै हरायो ।
लागातार दुई हारपछि जितको खाता खोल्दै हैदरवादले २ अंक जोडेर अंक तालिकाको आठौं स्थानमा रहेको छ । यस्तै पञ्जावको तीन खेलबाट ४ अंक सहित छैटौं स्थानम
१६ औ संस्करणको आईपीएलमा हिजो पञ्जावको हारपछि जारी अब अपराजित टिम बाँकी छैन । आइतबारै भएको अर्को खेलमा कोलकताले गुजरात टाइटन्सलाई पराजित गरेको थियो । कोलकता नाइट राइडर्सका लागी रिन्कु सिंहले अन्तिम पाँच बलमा पाँच छक्का हिर्काएपछि गुजरात टाइटन्समाथि ३ विकेटको जित हात पारेको हो।
- न्युज बहार संवाददाता