साउन ४, काठमाडौँ । फिफा महिला विश्वकप आजबाट सुरु हुदैँ छ। तर अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकपको उद्घाटन खेलको दिन केही घण्टाअघि न्युजिल्याण्डमा गोली चलेको छ ।
बीबीसीले उल्लेख गरे अनुसार अकल्याण्ड शहरमा गोली चल्दा दुई जनाको मृत्यु भएको र ६ जना घाइते भएका छन ।
उक्त घटना बिहीबार न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको हो ।
घटनाको बाबजुद पनि फिफाले न्युजिल्याण्ड र नर्वेको खेल पूर्वनिर्धारित तालिका अनुसार नै हुने जनाएको छ ।
उक्त घटना नर्वेको टिम बसेको होटल नजिकै भएको हो ।
- न्युज बहार संवाददाता