Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

युक्रेनका अन्न भण्डारमा रुसको अक्रमण।

  •   ३ वर्ष अघि | ९ साउन २०८०, मङ्लबार

साउन ९, काठमाडौँ । युक्रेनका अन्न भण्डारलाई लक्षित गरी रुसले आक्रमण गरिरहेको छ । सोही क्रममा रुसले ड्रोन द्वारा ओडेसा शहरको बन्दरगाह क्षेत्रमा हमला गरेको छ।

बीबीसीले उल्लेख गरे अनुसार करिब चार घण्टासम्म गरिएको आक्रमणबाट अन्न डिपोहरु नष्ट भएका छन भने चार जना श्रमिक घाइते समेत भएका छन ।

यसैगरी रुसले कब्जा गरेको क्राइमियामा युक्रेनले ड्रोन आक्रमण गर्दा दुई वटा भवनमा क्षति पुगेको छ ।

युक्रेनसँगको अन्न निर्यात सम्बन्धी सम्झौता रुसले यही जुलाई १७ तारिखमा रद्द गरेको घोषणा गरेको थियो । बीबीसीले जनाए अनुसार घोषणा रद्द गरेपश्चात रुसले युक्रेनका अन्न डिपोहरुलाई निशाना बनाएर आक्रमण गरिरहेको छ।

रुसको आक्रमणबाट एक साताको बीचमा युक्रेनको ६० हजार टनभन्दा बढी अन्न नष्ट भइसकेको अधिकारीहरुले बताएका छन। 

  • न्युज बहार संवाददाता

थप