चैत ३०, काठमाडौँ। आईपिएल २०२३ को हिजो भएको खेलमा राजस्थान रोयल्सले चेन्नाई सुपर किंग्स माथि संघर्षपूर्ण जित निकालेको छ।
उक्त जित सँगै राजस्थान रोयल्स आइपिएल हंक तालिकाको को शीर्ष स्थानमा उक्लिएको छ।
घरेलु मैदान चेन्नाईको चिदम्बरम स्टेडियममा भएको खेलमा राजस्थाले चेन्नाई टोलीमाथि तीन रनको जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको हो।
१७६ रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभर को क्षतिमा ६ विकेट गुमाउँदै १७२ रनमात्रै बनाउन सफल भयो।
- न्युज बहार संवाददाता