चैत २३, काठमाडौँ। आईपीएल - इन्डियन प्रिमियर लिग २०२३ मा पञ्जाव किंग्सले लगातार दोस्रो जित हात पारेको छ।
लिग अन्तर्गतको बुधबार राति भएको खेलमा पञ्जावले राजस्थान रोयल्समाथि ५ रनको रोमाञ्चक जित निकालेको हो।
गुवाहिटीस्थित बार्सापारा क्रिकेट रंगशालामा पञ्जावले प्रस्तुत गरेको १९८ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो। राजस्थान रोयल्सका लागि कप्तान सन्जु साम्सनले सर्वाधिक ४२ रन बनाए।
राजस्थानलाई रोक्न पञ्जावका नाथन एलिसले सर्वाधिक चार विकेट लिएका थिए। यस्तै, अर्शदीप सिंहले दुई विकेट लिन सफल भए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १९७ रन बनाएको थियो।
- न्युज बहार संवाददाता