Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

रूसी राष्ट्रपतिलाई भेट्न उत्तर कोरियाली नेता किम जोङ उन रूस जाने तयारी

  •   ३ वर्ष अघि | १९ भदौ २०८०, मङ्लबार

भदौ १९, काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटन उत्तर कोरियाली नेता किम जोङ उन रूस जाने भएका छन्।

उन सेप्टेम्बर महिनाभित्र रूस जाने तयारीमा रहेको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ ।

न्युयोर्क टाइम्स अनुसार राजधानी प्योङयाङबाट रेल चढेर उनी प्रशान्त महासागरको किनारमा रहेको रूसी सहर भ्लादिभोस्तोक जाने तयारी भइरहेको छ।

किम जोङ उनले युक्रेनसँगको युद्ध लडिरहेका पुटिनलाई भेटेर हतियार उपलब्ध गराउने विषयमा कुरा गर्ने स्रोतले जनाएको छ। त्यसको बदलामा रूसबाट खाद्यान्न ल्याउने डिल हुने पनि स्रोतले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप