इण्डियन प्रिमिएर लिगमा (आइपिएल) २०२३ मा मुम्बई इन्डियन्सले पहिलो
जित हात पारेको छ।
मंगलबार राति भएको खेलमा दिल्ली क्यापिटल्समाथि मुम्बईले ६ विकेटको जित हात पारेको हो। दिल्लीले भने यो सिजनमा लगातार हारको सामना गरिरहेको छ, दिल्लीका लागी यो लगातार चौथो हार हो।
घरेलु मैदान दिल्लीमा भएको खेलमा दिल्लीले दिएको १७३ रनको लक्ष्य मुम्बईले अन्तिम बलमा ४ विकेट गुमाएर पार गरेको हो। टिम डेभिडले अन्तिम ओभरको अन्तिम बलमा दुई रन बनाउँदै मुम्बईलाई रोमान्चक जित दिलाएका हुन।
हिजो भएको खेलमा पहिले ब्याटिङ गरेको दिल्ली २ बल खेल्न बाँकी छदा नै १७२ रनमा अलआउट भएको थियो।
- न्युज बहार संवाददाता