साउन १०
काठमाडौँ। हिन्दी भाषालाई भारतले विश्वभाषा बनाउने प्रयास सुरु गरेको छ ।
हिन्दीलाई विश्वव्यापी भाषाको रूपमा प्रवद्र्धन गर्न र भाषिक विविधताको मूल्यका रुपमा भारत सरकारले संयुक्त राष्ट्रसङ्घलाई दश लाख अमेरिकी डलर प्रदान गरेको छ ।
राष्ट्रसङ्घको विश्व सञ्चार विभागकी उपसचिव मेलिसा फ्लेमिङलाई संयुक्त राष्ट्रसङ्घका लागि भारतका स्थायी प्रतिनिधि रुचिरा कम्बोजले उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै बहुभाषिकताको बृहत्तर उद्देश्य तथा भाषागत समावेशिता प्रवद्र्धनमा भारत सरकारको यो योगदानबाट सहयोग पुग्ने विश्वास समेत व्यक्त गरेकी हुन।
भारतीय राजदूतले यो गरिएको सहयोगबाट विश्वसंस्थाले हिन्दी भाषालाई बढी प्रयोग गर्नाका साथै त्यसबाट अन्तर्राष्ट्रिय मामिलामा हिन्दी भाषीको संलग्नता पनि बढाउने विश्वास व्यक्त गरेकी छन ।
उनले भारत सरकारलाई हिन्दी भाषाको प्रवद्र्धनका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन्।
- न्युज बहार संवाददाता