Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

जन्मदिनमा काटिएको केक खाँदा बालिकाको मृत्यु

  •   २ वर्ष अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । बर्थडेको केक खाँदा एक बालिकाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । छिमेकी राष्ट्र भारतको पञ्जाब शहरको पटियालामा जन्मदिनमा काटेको केकले १० वर्षीया बालिकाको  ज्यान नै गएको हो । अनलाइन मार्फत जन्मदिनको केक अर्डर गरिएको थियो । 

जन्मदिनमा काटिएको केक खाएका परिवारका अन्य चार सदस्यको स्वास्थ्य पनि बिग्रिएको छ । मार्च २४ मा  १० वर्षीय मानवीको जन्मदिन थियो । आफ्नो बेलुकी ६ बजे एक कम्पनीबाट अनलाइन केक अर्डर गरिएको र केक बेलुकी साढे ६ बजे घरमै आइपुगेको थियो । उक्त चकलेट केक केक कान्हाकम्पनिबाट अर्डर गरिएको थियो। 

केक खाए लगतै मानवि र उनका परिवारका सदस्यको स्वास्थ्य बिग्रन थालेको बताइएको छ । राति १० बजेसम्म सबै परिवार बिरामी परेका थिए । त्यसलगत्तै केक खाएका दुबै दिदीबहिनीलाई बान्ता हुन थालेको थियो ।  अत्यधिक तिर्खा र मुख सुख्खा भएको गुनासो गर्दै मानवीले पानी मागेकी थिइन् । त्यसपछि उनी सुत्न गइन्।

बिहान उठ्दा उनको शव चिसो अवस्थामा रहेको र बालिकाको मृत्यु भइसकेको जनाइएको छ । उनलाई सोही अवस्थामा तुरून्त अस्पताल पुर्याइएता चिकित्सकले मानवीलाई मृत घोषणा गरेका थिए।

यो घटना पछी प्रहरीले यतिबेला परिवारको उजुरीमा केक पसलका मालिकविरुद्ध मुद्दा दर्ता गरिसकेको छ । आईपीसीको धारा २७३ र ३०४ एअन्तर्गत बेकरी पसल मालिक विरुद्ध मुद्दा दर्ता गरिएको छ।

  • न्युज बहार संवाददाता

थप