Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

जन्मदिनमा काटिएको केक खाँदा बालिकाको मृत्यु

  •   ४ महिना अघि | १८ चैत्र २०८०, आइतवार

चैत १८, काठमाडौँ । बर्थडेको केक खाँदा एक बालिकाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । छिमेकी राष्ट्र भारतको पञ्जाब शहरको पटियालामा जन्मदिनमा काटेको केकले १० वर्षीया बालिकाको  ज्यान नै गएको हो । अनलाइन मार्फत जन्मदिनको केक अर्डर गरिएको थियो । 

जन्मदिनमा काटिएको केक खाएका परिवारका अन्य चार सदस्यको स्वास्थ्य पनि बिग्रिएको छ । मार्च २४ मा  १० वर्षीय मानवीको जन्मदिन थियो । आफ्नो बेलुकी ६ बजे एक कम्पनीबाट अनलाइन केक अर्डर गरिएको र केक बेलुकी साढे ६ बजे घरमै आइपुगेको थियो । उक्त चकलेट केक केक कान्हाकम्पनिबाट अर्डर गरिएको थियो। 

केक खाए लगतै मानवि र उनका परिवारका सदस्यको स्वास्थ्य बिग्रन थालेको बताइएको छ । राति १० बजेसम्म सबै परिवार बिरामी परेका थिए । त्यसलगत्तै केक खाएका दुबै दिदीबहिनीलाई बान्ता हुन थालेको थियो ।  अत्यधिक तिर्खा र मुख सुख्खा भएको गुनासो गर्दै मानवीले पानी मागेकी थिइन् । त्यसपछि उनी सुत्न गइन्।

बिहान उठ्दा उनको शव चिसो अवस्थामा रहेको र बालिकाको मृत्यु भइसकेको जनाइएको छ । उनलाई सोही अवस्थामा तुरून्त अस्पताल पुर्याइएता चिकित्सकले मानवीलाई मृत घोषणा गरेका थिए।

यो घटना पछी प्रहरीले यतिबेला परिवारको उजुरीमा केक पसलका मालिकविरुद्ध मुद्दा दर्ता गरिसकेको छ । आईपीसीको धारा २७३ र ३०४ एअन्तर्गत बेकरी पसल मालिक विरुद्ध मुद्दा दर्ता गरिएको छ।

  • न्युज बहार संवाददाता

थप