Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

इजरायलमा आक्रमणमा केही नेपाली हताहत भएको हुनसक्ने परराष्ट्रमन्त्री एनपी साउदको भनाइ

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ। इजरायलमा भएको श्रृङ्खलाबद्ध आक्रमणमा  केही नेपाली हताहत भएको हुनसक्ने दक्षिणी सरकारले बताएको छ ।

इजरायलमा प्यालेस्टाइनी लडाकू समूह हमासले आक्रमण गरेको हो । परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत रहेका छन् ।

त्यस मध्ये इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत २६५ जना विद्यार्थी गएका थिए । गाजा क्षेत्र नजिक रहेको त्यो क्षेत्रमा हमास समूहबाट आक्रमण भएको नेपाली दूतावासले जनाएको छ ।

१७ जना नेपालीमध्ये दुई सकुशल छन् भने तीन जनाको स्थानीय अस्पतामा उपचार भइरहेको मन्त्री साउदले जनाएका छन । उनका अनुसार बाँकी १२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न अहिले सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप