Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाकिस्तानमा मतगणनता कार्य सम्पन्न, १०१ सिटमा इमरान खानको पार्टी पिटिआईका समर्थित स्वतन्त्र नेताहरूको जित

  •   ३ वर्ष अघि | २९ माघ २०८०, सोमवार

माघ २९, काठमाडौँ । छिमेकी राष्ट्र पाकिस्तानमा मतगणनता कार्य सम्पन्न भएको छ।

पाकिस्तानमा प्रतिनिधि सभाका २६६ सिटका लागि भएको मतदानमा गएरातिसम्म २६४ क्षेत्रको नतिजा आइसकेको छ ।

बाँकी एक सिटको निर्वाचन रद्द भएको थियो भने एक क्षेत्रमा मतगणना स्थगित गरिएको थियो ।

२६४ सिटको नतिजा सार्वजनिक हुँदा जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको पार्टीले पाकिस्तान तेहरिक-इ-इन्साफ (पिटिआई) समर्थित स्वतन्त्र उम्मेदवारहरूले १०१ सिटमा जित हात पारेका छन ।

त्यहाँको निर्वाचन आयोगले पिटिआईलाई उनीहरूको चुनाव चिह्न नदिएकाले पिटिआईका र त्यसका समर्थित नेताहरूले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

 

  • न्युज बहार संवाददाता

थप