Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने कांग्रेस आईका नेता राहुल गान्धीको घोषणा

  •   ३ वर्ष अघि | ११ पुस २०८०, बुधबार

पुस ११, काठमाडौँ । मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने कांग्रेस आईका नेता राहुल गान्धीले बताएका छन् । १४ जनवरीबाट सुरु हुने यो यात्रा २० मार्चसम्म जारी रहनेछ।

बुधबार पत्रकार सम्मेलन गरेर कांग्रेस महासचिव केसी वेणुगोपालले यो भ्रमणको घोषणा गरेका हुन् ।

पत्रकार सम्मेलनमा उनले बताए अनुसार डिसेम्बर २१ मा, कांग्रेस कार्यकारिणी समितिले राहुल गान्धीलाई पूर्वदेखि पश्चिमसम्म यात्रा गर्नु पर्ने भन्ने राय दिएको हो।

राहुल गान्धीले पनि कांग्रेस कार्यसमितिको राय स्वीकार्दै यात्रा गर्न राजी भएको बताएका हुन । यसै अनुसार जनवरी १४ देखि मार्च २० सम्म मणिपुरदेखि मुम्बईसम्म भारत न्याय यात्रा निकाल्ने निर्णय अखिल भारतीय कांग्रेस कमिटीले गरेको छ।

  • न्युज बहार संवाददाता

थप