Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आईपीएल २०२३ मा चेन्नाई सुपर किङ्सको दोस्रो जित।

  •   ३ वर्ष अघि | २६ चैत्र २०७९, आइतवार

चैत २६, काठमाडौं । आईपीएल शनिबार राति भएको खेलमा चेन्नाई सुपर किङ्सले दोस्रो जित हात पारेको छ। शनिबार चेन्नाईले वान्खडे रङ्गशालामा सम्पन्न खेलमा  मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको सहज जित निकालेको हो ।

वान्खडे रङ्गशालामा घरेलु टिम मुम्बईले प्रस्तुत गरेको १५८ रनको लक्ष्य चेन्नाईले १८.१ ओभरमा तीन विकेट गुमाएर भेट्टाएको हो। त्यसअघि टस हारेर पहिले ब्याटिङका लागी मैदानमा आएको मुम्बईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको लक्ष्य खडा गरेको थियो ।

यो जितसँगै तीन खेलबाट चार अङ्क जोडेको चेन्नाई तालिकाको चौथो स्थानमा उक्लिएको छ भने दुई खेलमा अङ्कविहीन रहेको मुम्बई तालिकाको आठौँ स्थानमा रहेको छ।

  • न्युज बहार संवाददाता

थप