मंसिर ६, काठमाडौँ । चार दिनका लागि प्यालेस्टिनी
लडाकु समूह हमासले ७ अक्टोबरमा आक्रमण गरेपछि सुरु भएको इजरायलसँगको युद्ध रोक्ने
सहमति भएको छ ।
युद्ध रोक्ने
सहमति भएपछी इजरायली क्षेत्रबाट हमास समूहले कब्जामा लिएर बन्धक बनाएका करिब २००
मध्ये ५० जनालाई रिहा गर्ने पनि सहमति भएको छ । यस्तै बन्धक बनाएका १५० जना
प्यालेस्टिनी नागरिकलाई इजरायलले पनि रिहा गर्ने भएको छ ।
यसरी दुई देशबिच बन्धक बनाइएको नागरिकलाई
रिहा गर्ने सहमती भएपछी हमासले बन्धक बनाएको भनिएका नेपाली विद्यार्थी विपिन जोशी
पनि रिहा हुने अपेक्षा गरिएको छ । तर अहिलेसम्म पनि इजरायल सरकारबाट विपिनको
रिहाबारे स्पष्ट जानकारी नआएको तर इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले बताइन्
।
राजदूत रिजालले भनिन्, ‘को को रिहा हुने भन्ने थाहा छैन संख्या
मात्र तय भएको हो तर हामीले सुरुदेखि गरिरहेको पहललाई निरन्तरता दिइरहेका छौं, हाम्रो
अपेक्षा विपिनलाई पनि यही चरणमा रिहा गरियोस् भन्ने हो।’
यता
युद्धबिराम हुने खबर सुनेपछी विपिन जोशीका आमाबुबाले छोरा सकुशल फर्कने आशा बढेको बताएका छन विपिनका आमाबुबा
भन्छन ‘बिहानै युद्धविरामको समाचारले हामीमा ४६ दिनदेखिको
पर्खाइको सुखद् अन्त्य हुने विश्वास जगाएको छ।’
- न्युज बहार संवाददाता